पिइएफ बास्केटबल : मोक्षदा स्कुलको बिजयी यात्रा जारी

पिइएफ अन्तरविद्यालय बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं (खेलदैनिक) । प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) द्वारा आयोजित छैटौँ पिइएफ कप अन्तरस्कुल बास्केटबल टुर्नामेन्टको दोस्रो दिन पनि मोक्षदा स्कुलले आफ्नो विजयी यात्रा जारी राखेको छ ।

छात्रतर्फको खेलमा मोक्षदाले अनमोल ज्योतिलाई १६–६ को फराकिलो अन्तरमा पराजित गरी आफ्नो समूहमा अपराजित रहँदै समूह विजेतका रुपमा सेमिफाइनल प्रवेश गर्यो भने पराजयका बाबजुद अनमोल ज्योति पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो ।

दोस्रो दिनका छात्रतर्फका अन्य खेलमा अनमोल ज्योतिले महान् सिद्धार्थलाई २३–६ को फराकिलो अन्तरमा पराजित गर्यो भने दुर्गा भवानीले ज्ञानदीपलाई ८–७ को झिनो अन्तरले पाखा लगायो । छात्रतर्फका अन्य खेलमा न्यु इङलिस, महान् सिद्धार्थ, न्यु सनसाइन विजयी भए ।

त्यसैगरी छात्रातर्फका खेलमा मिसन पब्लिकले निमोनिकलाई, लभ्ली एन्जल्सले दुर्गा भवानीलाई, अनमोल ज्योतिले दर्गा भवानी तथा मोक्षदालाई, न्यु इङलिसले महान् सिद्धार्थलाई, महान् सिद्धार्थले मिसन पब्लिकलाई, लभ्ली एन्जल्सले न्यु इङ्लिसलाई तथा न्यु सनसाइनले निमोनिकलाई पराजित गरे ।

दोस्रो दिनको खेलबाट छात्रतर्फ अनमोल ज्योति, मोक्षदा, लभ्ली एन्जल्स र दुर्गा भवानी सेमिफाइनल प्रवेश गरेका छन् । त्यसैगरी छात्रातर्फ लभ्ली एन्जल्स, अनमोल ज्योति र मिसन पब्लिकले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...