बाबा र एचएचसीए च्याम्पियन

SAMSUNG CAMERA PICTURES

काठमाडौं (खेलदैनिक) । बाबा र हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) ले प्रथम ईश्वर स्मृति अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । बाबा ब्वाइज र एचएचसीए गल्र्समा पहिलो भए ।

SAMSUNG CAMERA PICTURES

तोरण नवजीवन माविद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा बाबाले एचएचसीएलाई १८–१६ ले पराजित गर्यो । गल्र्सको उपाधि भिडन्तमा एचएचसीएले रातो बंगलालाई ९–८ ले हरायो । ब्वाइजमा बाबाका थिन्ले लामा तथा गल्र्समा एचएचसीएकी अनिता सुनुवार ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ब्वाइजमा १२ र गल्र्समा ८ टिमले भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...