पाँचौं नेरिक अन्तर विद्यालय बास्केटबल जारी, क्वार्टरफाइनल समीकरण पूरा

१ फागुन / पाँचौं नेरिक अन्तर विद्यलाय बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । सिनियर छात्रमा नेरिकका दुवै टोलीसँगै एसवी एकेडेमी, ज्ञान निकेतन, एचएचसीए, माउन्ट कैलास, बुद्ध एकेडेमी र ग्रीनफिल्डले अन्तिम आठमा स्थान बनाए ।

सिनियर छात्रको क्वार्टरफाइनलमा नेरिक ए र एसवी एकेडेमी, ज्ञान निकेतन र एचएचसीए, माउन्ट कैलाश र नेरिक बी तथा बुद्ध एकेडेमी र ग्रीनफिल्डवीच प्रतिस्पर्धा हुने छ । यस्तै जुनियर छात्रमा पिपुल्स एकेडेमी र नेरिक, ग्रीनल्यान्ड र एआइए, एन्जल हर्ट र लालीगुराँस तथा पुष्प सदन र सेवले अन्तिम चारका लागि प्रतिस्पर्धा गर्नेछन् ।

आइतबार भएको खेलमा जित हात पार्दै सिनियर छात्रमा आयोजक नेरिकले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्दा उपविजेताका रुपमा ज्ञान निकेतन पनि अन्तिम आठमा पुगेको छ । शंखमूलस्थित आयोजक नेरिक इन्टरनेसनल स्कुलको कोटमा भएको सिनियर छात्रको खेलमा नेरिकले ज्ञान निकेतनलाई ५९–३६ स्कोरले पराजित ग¥यो । नेरिकको जितमा श्रीकृष्ण केसीले १७ स्कोर गरे । सिनियर छात्रकै अर्को खेलमा ग्रीनफिल्डले एआइएलाई ४८–३० स्कोरले पाखा लगायो । ग्रीनफिल्डको जितमा निकेश पाण्डेले १७ स्कोर गरे ।

जुनियर छात्रतर्फको खेलमा ग्रीनल्यान्ड स्कुलले ग्रीनफिल्ड स्कुललाई ४०–२३ स्कोरले पराजित ग¥यो । ग्रीनल्यान्डलाई जिताउन अस्मिन बमजनले १४ स्कोर गरे । अर्को खेलमा अजय घलेको २२ प्वाइन्टको मद्दतमा पिपुल्स एकेडेमीले ज्ञान निकेतनलाई ४०–२५ ले पाखा लगायो ।

फागुन ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सिनियर र जुनियर छात्रमा १२÷१२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले ट्रफी र मेडलसहित नगद १० हजार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...