लालीगुराँस र एन्जल्स हर्ट सेमिफाइनलमा

प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबलको ब्वाइजमा गोल्डेपिक विरुद्ध बल अगाडि बढाउदै लालीगुराँसका यस भण्डारी ।

काठमाडौं (खेलदैनिक) । लालीगुराँस र एन्जल्स हर्ट प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लालीगुराँसले गोल्डेनपिकलाई २४–९ ले हरायो । लालीगुराँसको जितमा रोशन श्रेष्ठले १० अंक योगदान गरे । सागर परियारको १९ अंक सहयोगमा एन्जल्स हर्टले आयोजक नेसनल युनाइटेडलाई ४३–१९ ले सहजै हरायो ।

सेमिफाइनलमा एन्जल्स हर्टको भेट ग्रिनल्यान्डसंग हुनेछ भने लालीगुराँसले स्काइलार्कको सामना गर्नेछ । गल्र्सको सेमिफाइनलमा भ्याली पब्लिक र भद्रकाली तथा ग्रिनल्यान्ड र चाँदबागबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...