भ्याली पब्लिक सेमिफाइनलमा


प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबलमा नेसनल युनाइटेडका खेलाडी (सेतो) गोल्डेनपिक विरुद्ध बल अगाडि बढाउदै ।

काठमाडौं (खेलदैनिक) । भ्याली पब्लिक प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेसनल युनाइटेड स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा भ्याली पब्लिकले टीआईएलाई १३–७ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा सुजु गुरुङले ५ अंक योगदान गरिन् । गल्र्समै सदिक्षाको ८ अंक सहयोगमा चाँदबागले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २५–१० ले हरायो ।

ब्वाइजमा भ्याली पब्लिक र स्काइलार्कले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । भ्याली पब्लिकले बूढानीलकण्ठलाई २२–१० ले पन्छायो । विजेताका लक्ष्मण परियारले १२ स्कोर गरे । स्काइलार्कले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई २९–९ ले निराश पार्यो । स्काइलार्कका हेमन्त मगरले १२ अंक बटुले ।

ब्वाइजकै अन्य लिगमा इबीएले नव ज्ञानभूमिलाई २२–१० तथा गोल्डेनपिकले आयोजक नेसनललाई ३४–२९ ले पन्छाए । इबीएका सुनील मल्लले १७ तथा गोल्डेनपिकका प्रवेश राईले २० अंक जोडे ।


प्रतिक्रिया दिनुहोस

Loading...