नेसनल युनाइटेडको विजयी सुरुआत

प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबलको ब्वाइजमा नेसनल युनाइटेड (सेतो) र नयाँ ज्ञानभूमिबीचको खेल ।

काठमाडौं (खेलदैनिक) । आयोजक नेसनल युनाइटेडले प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार विजयी सुरुआत गरेको छ ।

बूढानीलकण्ठको गणेश चोकस्थित घरेलु कोर्टमा नेसनलले नयाँ ज्ञानभूमिलाई १५–७ ले हरायो । नेसनलको जितमा जोनिश श्रेष्ठले ९ अंक योगदान गरे ।

ब्वाइजमै स्काइलार्क, ग्रिनल्यान्ड र प्रोलिफिकले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् । उमंग भोटेको १२ अंक सहयोगमा स्काइलार्कले बूढानीलकण्ठलाई ४०–१२ को फराकिलो अन्तरले हरायो ।

प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबलको उद्घाटनका अवसरमा निर्णायकलाई बल हस्तान्तरण गरिदै ।

ग्रिनल्यान्डले टीआईएलाई १५–७ ले पन्छायो । ग्रिनल्यान्डका इप्सन थकालीले १२ स्कोर गरे । हिमालय विरुद्धको खेलमा प्रोलिफिक ८–४ ले विजयी भयो ।

गल्र्समा भद्रकालीले आयोजक नेसनललाई १५–७ तथा ग्रिनल्यान्डले बूढानीलकण्ठलाई २२–१२ ले पाखा लगाए । भद्रकालीकी विपना राउतले १० तथा ग्रिनल्यान्डकी सितोस्ना केसीले १४ स्कोर गरे ।

प्रतियोगिताको नेसनलका संस्थापक निर्देशक जेबी हमाल र प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । पुस ६ गतेसम्म चल्ने प्रतियोगिताको ब्वाइजमा १६ र गल्र्समा ८ टिम सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...