बूढानीलकण्ठ र पुष्पसदन च्याम्पियन

ज्ञान कार्निभलको फुटबल र बास्केटबल उपाधि विजेता बूढानीलकण्ठ र पुष्पसदनका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । बूढानीलकण्ठ र पुष्पसदन एसएमएल इसुजु २५ औं ज्ञान कार्निभलमा बुधबार च्याम्पियन बनेका छन् । बूढानीकलकण्ठ ब्वाइज फुटबल तथा पुष्पसदन मिनि ब्वाइज बास्केटबलमा पहिलो भए ।

ब्वाइज फुटबल फाइनलमा बूढानीलकण्ठले शहिद धर्मभक्तबाट वाक ओभर पायो । मिनि ब्वाइज बास्केटबलमा पुष्पसदनले ओसिसलाई ५०–३४ ले पराजित गर्यो । पुष्पसदनको जितमा सन्जिव बोहराले २१ अंक योगदान गरे ।

ज्ञान कार्निभलको फुटबलका उत्कृष्ट आयुश खपाङ्गी, बास्केटबलका एमभीपी सन्जिव बोहरा र सर्वाधिक गोलकर्ता मन्जिल गौतम (बायाँबाट क्रमशः) ।

फुबलमा आयोजक ज्ञानोदयका आयुश खपाङ्गी तथा बास्केटबलमा पुष्पसदनका सन्जिव बोहरा उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ९ गोल गरेका बूढानीलकण्ठका मन्जिल गौतम सर्वाधिक गोलकर्ता बने । फुटबलमा आयोजक ज्ञानोदय तथा बास्केटबलमा मर्सी मिसन एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई एसएमएल इसुजुका सेल्स डाइरेक्टर दीपक थापा, ज्ञानोदय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धवीर लामा, ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा र ज्ञानोदयका वरिष्ठ भाइस प्रिन्सिपल भानु एले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको फुटबलमा १६ तथा बास्केटबलमा ८ टिम सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...