साइपाल र सीसीआरसी सेमिफाइनलमा

प्रथम हिमालय कप बास्केटबलको प्लस टु ब्वाइजतर्फ साइपालका अमन लामा ह्वाइटहाउस विरुद्ध स्कोर गर्ने प्रयासमा ।

काठमाडौं (खेलदैनिक) । साइपाल एकेडेमी र सीसीआरसी प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको प्लस टु सिनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

साइपालले ह्वाइटहाउसलाई ५९–५७ को साँघुरो अन्तरले पराजित गर्यो । साइपालको जितमा ग्याल्सेन लामाले २३ अंक योगदान गरे । पवन खत्रीको १३ अंक सहयोगमा सीसीआरसीले हेराल्डलाई ६३–१३ ले सहजै हरायो ।

सिनियर ब्वाइजमै मोर्गनले केब्सलाई ६७–३६ तथा बागमतीले ज्ञान निकेतनलाई ६१–५१ ले पाखा लगाए । मोर्गनका नम बिसीले १० तथा बागमतीका सुरज सिग्देलले १५ स्कोर गरे । सेमिफाइनलमा मोर्गनको भेट साइपालसंग हुनेछ भने बागमतीले सीसीआरसीको सामना गर्नेछ ।

सिनियर गल्र्समा सिद्धार्थ बनस्थलीले काठमाडौं जेभियरमाथि १८–२ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो । सिद्धार्थ बनस्थलीकी जल्जला मगरले ४ अंक जोडिन् । सेमिफाइनलमा सिद्धार्थ बनस्थलीको भेट स्किब्ससंग हुनेछ । अर्को सेमिफाइनल न्यु भिजन र ग्रामरबीच हुनेछ ।

जुनियर ब्वाइजको सेमिफाइनलमा आयोजक हिमालयले गौरीशंकर तथा स्किब्सले नवज्योति विरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...