न्यु समिट र साइपाललाई सफलता

रोजबड उपत्यकाव्यापी बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं (खेलदैनिक) । न्यु समिट कलेज र साइपाल एकेडेमी राजधानीमा जारी तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ विजयी भएका छन् ।

रोजवड स्कुलको खेल मैदानमा मंगलबार भएको ब्वाइजतर्फको खेलमा न्यु समिटले सेन्ट जेभियर स्कुललाई ५५–४० ले पराजित गरेको हो । ब्वाइजकै अर्काे खेलमा सुजन लिम्बुको १४ अंकको मद्दतमा साइपालले टाइम्स इन्टरनेसनल कलेजलाई ५२–४६ ले पराजित गर्यो ।

जेभियर इन्टरनेसनलले आयोजक रोजबड स्कुललाई ४९–३९ ले पराजित गर्यो । ब्वाइजकै अर्काे खेलमा ट्रिनिटीले एस कलेजमाथि ५५–३६ को फराकिलो जित निकाल्यो । ट्रिनिटीका लागि किरण कडेलले २३ अंकको योगदान दिए ।

गल्र्सतर्फको एकमात्र खेलमा एस कलेजले ट्रिनिटीमाथि २७–२५ को रोमाञ्चक जित निकाल्यो । पहिलो क्वाटरमा ट्रिनिटीले ७–४ को अग्रता बनाएको थियो । दोस्रो क्वाटरमा एसले ६–२ को जित निकाल्यो । तेस्रो क्वाटरमा ९–७ ले अघि रहेको थियो । चौथो क्वाटमा एसले ६–४ को अग्रता लिएपछि खेल २१–२१ को बराबरीमा पुगेको थियो ।

अतिरिक्त समयमा एसले ६–४ को अग्रता लिएपछि एसले ट्रिनिटीमाथि रोमाञ्चक जित निकाल्यो । एसको जितम मिलानी तामाङले १७ अंकको योगदान दिइन् ।


प्रतिक्रिया दिनुहोस

Loading...