ओडिसी प्रिक्वाटरफाइनलमा

ओडिसी कप अन्तरविद्यालय बास्केटबलमा इबीए विरुद्ध बल अगाडि बढाउदै ओडिसीका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । आयोजक ओडिसी इन्टरनेसनल एकेडेमी ११ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ओडिसीले इबीएलाई २८–१९ ले पराजित गर्यो । ओडिसीको जितमा अन्जुल भण्डारीले ८ अंक योगदान गरे ।

जुनियर ब्वाइजमै लक्ष्मीपुरले साउथ वेस्टर्नलाई २१–१७, माउन्ट ग्लोरीले कुशललाई ६–२, बीएनएले एन्जल्स हर्टलाई २१–२०, हिमालयनले पारामाउन्टलाई ११–५ तथा लालीगुराँसले हिमरश्मीलाई २६–१७ ले हराए ।


प्रतिक्रिया दिनुहोस

Loading...