रोजवड बास्केटबल : टाइम्स र जेभियर विजयी

रोजबड बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं (खेलदैनिक) । टाइम्स इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज काठमाडौंमा जारी तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ विजयी भएका छन् ।

रोजवड स्कुलको खेल मैदानमा सोमबार भएको खेलमा टाइम्सले ट्रिटन कलेजलाई ४९–३४ ले पराजित ग¥यो । टाइम्सको जितमा सुजन लिम्बुले २१ अंकको योगदान दिए ।

सोमबारै भएको ब्वाइजतर्फको अर्काे खेलमा सागर तामाङको १२ अंकको योगदानमा जेभियर इन्टरनेसनल कलेजले हिमलयन ह्वाइट हाउसमाथि ४३–३९ को साँघुरो जित निकाल्यो । ब्वाइजकै अर्काे खेलमा मोर्गान कलेजले क्याम्पियन एकेडेमीमाथि ७४–४९ को फराकिलो जित निकाल्यो ।

मोर्गानको फराकिलो जितमा कमल विश्वकर्माले सर्वाधिक २१ अंकको योगदान दिए ।
गल्सतर्फ साइपाल एकेडेमीले एस स्कुलमाथि ५२–२४ को सहज जित निकाल्यो । साइपालको रोशनी श्रेष्ठले ११ अंकको योगदान दिइन् ।


प्रतिक्रिया दिनुहोस

Loading...