माफ बास्केटबल हुने

काठमाडौं (खेलदैनिक) । म्युचुएल एकेडेमिक एक्टिभिटिस फोरम (माफ) को आयोजनामा तेश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंसिर ७ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत विभिन्न ३ विधामा माफमा आबद्ध ३६ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवरले जनाएका छन् । सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिमले भाग लिने छन् । जुनियर ब्वाइज स्पर्धा पहिलो पटक थपिएको हो । सिनियर ब्वाइज र गल्र्स दुवैमा ज्ञान निकेतन गत संस्करणको विजेता हो ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु शंखमूलस्थित ज्ञान निकेतनको कोर्टमा हुनेछ । मंसिर १५ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...