एलआरआई र रातो बंगला उपाधि नजिक

प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबलको गल्र्समा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं (खेलदैनिक) । एलआरआई र रातो बंगला प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत गल्र्सको थ्री बाइ थ्रीतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

ढोलाहिटीस्थित आयोजक ओसिस स्कुलको कोर्टमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा एलआरआईले विल्सन एकेडेमीलाई ६–५ ले पराजित गर्यो । एलआरआईको जितमा सम्भव सबै ६ स्कोर सोनिया राणाले गरिन् । दोश्रो तथा अन्तिम सेमिफाइनलमा रातो बंगलाले ग्रामरलाई २०–७ ले हरायो ।

ब्वाइजमा होप भ्याली र विल्सन एकेडेमीले यसअघि नै उपाधि भिडन्त पक्का गरिसकेका छन् । सेमिफाइनलमा होप भ्यालीले एलआरआईलाई ४८–४६ तथा विल्सनले किस्कलाई ६०–५५ ले पाखा लगाएका थिए । दुवै समूहको फाइनल आइतबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...