आयोजक ओसिस क्वाटरफाइनलमा

प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबलको ब्वाइजमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं (खेलदैनिक) । आयोजक ओसिस स्कुलको ‘ए’ टिम प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ढोलाहिटीस्थित घरेलु कोर्टमा ओसिस ‘ए’ ले नेपालयलाई ४८–३९ ले पराजित गर्यो । ओसिस ‘ए’ का हरिश शाहीले १६ अंक जोडे ।

ब्वाइजमै एलआरआई, होप भ्याली, विल्सन एकेडेमी र किस्क पनि आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुगे ।

एलआरआईले रेडिअन्टलाई ३९–२८ ले हरायो । एलआरआईका लुजन महर्जनले १६ स्कोर गरे । होप भ्यालीले नालान्डामाथि ४४–२२ को सहज जित दर्ता गर्यो । होप भ्यालीका सिजन महतले २० अंक बटुले । विल्सन एकेडेमीले क्याम्पियनको चुनौती ४५–३० ले समाप्त पार्यो । विजेताका पेम्बा शेर्पाले १५ अंक जोडे । रातो बंगला विरुद्धको खेलमा किस्क ४५–२५ ले विजयी भयो । किस्कको जितमा जिउङ हरले ११ अंक योगदान गरे ।

ब्वाइजकै अन्य लिगमा कमलले आयोजक ओसिस ‘बी’ लाई ४२–३१, इरिस एकेडमीले ग्रामरलाई ५१–३३ तथा क्यारेबियनले विराटलाई २३–१४ ले पन्छाए ।


प्रतिक्रिया दिनुहोस

Loading...