आयोजक रेडिअन्ट सेमिफाइनलमा

छैटौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबलको सिनियर ब्वाइजमा निम्स (रातो) र एक्सेल्सियरका खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । आयोजक रेडिअन्ट स्कुलको सिनियर ब्वाइज टोली छैटौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । रेडिअन्टको जुनियर ब्वाइज टोली भने यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

रेडिअन्टले जेनिथलाई ५७–४० ले पराजित गर्याे । रेडिअन्टको जितमा सुलभराज कार्कीले १९ अंक योगदान गरे । सिनियर ब्वाइजमै निम्स, एलआरआई र पिपुल्स एकेडेमीले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

राजन डंगोलको १५ अंक सहयोगमा निम्सले एक्सेल्सियरलाई ४५–२५ ले हरायो । एलआरआईले ओसिसको चुनौती ५७–४० ले समाप्त पार्यो । एलआरआईका लुजन महर्जनले १८ अंक जोडे । पिपुल्सले ग्यालेक्सीलाई ४२–२४ ले निराश पा¥यो । पिपुल्सका संकेत शाहीले १२ स्कोर गरे ।

सिनियर गल्र्समा स्किब्स, ग्यालेक्सी, एलआरआई र निम्सले सेमिफाइनल यात्रा तय गरे । स्किब्सले न्यु भिजनमाथि १९–१६ को जित निकाल्यो । स्किब्सकी देबुना केसीले ८ अंक जोडिन् । ग्यालेक्सीले ज्योति एकेडेमीलाई १३–७ ले पाखा लगायो । ग्यालेक्सीकी श्रेया गुरुङले ५ स्कोर गरिन् ।

एलआरआईले सिद्धार्थ बनस्थलीलाई १९–१७ ले पन्छायो । विजयी टिमका लागि सोनिया राणाले ११ अंक बटुलिन् । स्वर्णिम विरुद्धको खेलमा निम्स २३–१८ ले विजयी भयो । निम्सकी डोल्मा तामाङले १४ अंक जोडिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...