विल्सन र भ्याली पब्लिक च्याम्पियन

नवौं हिम्स अन्तरविद्यालय बास्केटबल उपाधि विजेता विल्सन र भ्याली पब्लिक टोली ।

काठमाडौं (खेलदैनिक) । विल्सन एकेडेमी र भ्याली पब्लिक नवौं हिम्स अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । विल्सन ब्वाइज र भ्याली पब्लिक गल्र्समा उपाधि जित्न सफल भए ।

ब्वाइज फाइनलमा विल्सनले भ्याली पब्लिकलाई ५५–५१ ले पराजित गर्यो । विल्सनका पेम्बा शेर्पाले २८ स्कोर गरे । गल्र्स फाइनलमा भ्याली पब्लिकले श्रीदिवालाई ३१–२० ले हरायो । भ्याली पब्लिककी सुमिना तामाङले १४ अंक जोडिन् ।

ब्वाइजमा विल्सनका छिरिङ थापा मगर तथा गल्र्समा भ्याली पब्लिककी सुमिना ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जेठ २५ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १६ र गल्र्समा ८ टिम सहभागी थिए ।

नवौं हिम्स अन्तरविद्यालय बास्केटबलका उत्कृष्ट खेलाडी छिरिङ थापा मगर र सुमिना तामाङ ट्रफीसाथ ।


प्रतिक्रिया दिनुहोस

Loading...