आयोजक हेराल्ड फाइनलमा

काठमाडौं (खेलदैनिक) । आयोजक हेराल्ड प्रथम हेराल्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।

बसुन्धारास्थित घरेलु कोर्टमा हेराल्डले ग्रेट माया ‘बी’ लाई १९–१५ ले पराजित गर्यो । हेराल्डको जितमा सुनील मगरले १२ अंक योगदान गरे । फाइनलमा हेराल्डको भेट ग्रेट माया ‘ए’ संग हुनेछ । अर्को सेमिफाइनलमा ग्रेट माया ‘ए’ ले न्यु समिटलाई १७–१४ ले हराएको थियो । विजेताका सञ्जोग राउतले ७ अंक जोडे ।

प्रथम हेराल्ड थ्री बाइ थ्री बास्केटबलमा बल अगाडि बढाउदै हेराल्डका खेलाडी ।

गल्र्समा न्यु समिट र लुम्बिनी ‘ए’ उपाधिका लागि भिड्ने छन् । न्यु समिटले लुम्बिनी ‘बी’ लाई ११–८ ले पाखा लगायो । विजेताकी सन्जु राईले ६ स्कोर गरिन् । अनिशा विष्टको ६ अंक सहयोगमा लुम्बिनी ‘ए’ ले पारस टिमको यात्रा १४–११ ले पूर्णविराम लगायो ।

स्कुलतर्फ ब्वाइजमा गोल्डेनपिकले विल्सन ‘बी’ लाई १७–१० तथा विल्सन ‘ए’ ले ग्रिनल्यान्ड ‘ए’ लाई १५–१३ ले पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे । गोल्डेनपिकका गोपाल भण्डारीले ९ तथा विल्सन ‘ए’ का पेम्बा शेर्पाले ११ अंक बटुले ।

गल्र्समा भ्याली पब्लिक र एचएचसीएले फाइनलमा स्थान सुरक्षित गरे । भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ९–६ ले निराश पार्यो । भ्याली पब्लिककी अस्मिता थापाले ७ अंक जोडिन् । एचएचसीएले विल्सनमाथि १२–७ को जित दर्ता गर्यो । एचएचसीएकी अनिता राईले ६ अंक जोडिन् ।

एसईई दिएर बसेका विद्यार्थीको टिम र स्कुल टिमबीच छुट्टछुट्टै प्रतिस्पर्धा भइरहेको प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...