बीएनए र एलएनए क्वाटरफाइनलमा प्रवेश

तेश्रो बीएनए अन्तरविद्यालय बास्केटबलमा गोल्डेनपिक विरुद्ध बल अगाडि बढाउदै ओडिसीका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) तेश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार बीएनएले नेपाल मोडेललाई ३२–१९ ले पराजित गर्यो । बीएनएको जितमा जीवन भण्डारीले ११ अंक योगदान गरे । दोहोरो जित निकालेको लालीगुराँसले ज्ञानमालालाई ३५–१६ र स्काइलार्कलाई २८–७ ले हरायो । लालीगुराँसका विराज तामाङले ज्ञानमाला विरुद्ध १२ र स्काइलार्क विरुद्ध ९ अंक जोडे ।

जुनियर ब्वाइजमै एन्जल्स हार्ट र ओडिसीले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । एन्जल्स हार्टले ईडेन ब्रिज एकेडेमी (ईबीए) लाई २२–१२ ले पन्छायो । विजेताका ओसिस केसीले ७ स्कोर गरे । एन्जल गुरुङको ८ अंक सहयोगमा ओडिसीले डिफेन्डिङ च्याम्पियन गोल्डेनपिकलाई २५–१४ ले निराश पार्यो ।

सिनियर गल्र्सको थ्री बाइ थ्रीमा श्रीदिवाले क्वाटरफाइनल यात्रा तय ग¥यो । श्रीदिवाले ओडिसीको चुनौती ७–४ ले पन्छायो ।


प्रतिक्रिया दिनुहोस

Loading...