भ्याली पब्लिक, टीआई र महामञ्जुश्रीलाई एनईए कप

छैटौं एनईए कप अन्तरविद्यालय बास्केटबलको उपाधि विजेता भ्याली पब्लिक, टीआईए र महामञ्जुश्री टोली ।

काठमाडौं (खेलदैनिक) । भ्याली पब्लिक, टीआईए र महामञ्जुश्रीले छैटौं एनईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक सिनियर ब्वाइज, टीआईए सिनियर गल्र्स र महामञ्जुश्री जुनियर ब्वाइजमा च्याम्पियन बने ।

सामाखुशीस्थित आयोजक नवजीवन एजुकेसनल एकेडेमी (एनईए) को कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ४५–४२ को साँघुरो अन्तरले पराजित गर्यो । भ्याली पब्लिकको जितमा राहुल विकले २१ अंक योगदान गरे ।

सिनियर गल्र्स फाइनलमा टीआईएले ग्रिनल्यान्डलाई ३०–२२ ले हरायो । टीआईएकी रिन्छेन मोक्तानले १८ स्कोर गरिन् । जुनियर ब्वाइजको उपाधि भिडन्तमा महामञ्जुश्रीले ईडेन ब्रिज एकेडेमी (ईबीए) लाई ३४–१६ ले पन्छायो । महामञ्जुश्रीका अर्जुन शाहीले १० अंक जोडे ।

छैटौं एनईए कप अन्तरविद्यालय बास्केटबलका एमभीपी, सर्वाधिक स्कोरकर्ता र उत्कृष्ट ‘थ्री प्वाइन्टर’ सामूहिक तस्वीर खिचाउदै ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका मिलन विक, सिनियर गल्र्समा टीआईएकी रिन्छेन मोक्तान र जुनियर ब्वाइजमा महामञ्जुश्रीका अर्जुन शाही ‘मोस्ट भेलुएबल प्लेयर’ घोािषत भए । सिनियर ब्वाइजमा भ्याली पब्लिकका राहुल विक (९८ अंक), सिनियर गल्र्समा ग्रिनल्यान्डकी अरिस्का खड्का (७६ अंक) र जुनियर ब्वाइजमा ईबीएका सुनील मल्ल (४४ अंक) सर्वाधिक स्कोरकर्ता बने । सिनियर ब्वाइजमा ग्रिनल्यान्डका अनिश पाण्डे र सिनियर गल्र्समा ग्रिनल्यान्डकै प्रमिला जागरी उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

विजेतालाई प्रदेश सांसद केशव पाण्डे, एनईएका प्रबन्ध निर्देशक बासुदेव पोखरेल, एनईएका प्रिन्सिपल विष्णुप्रसाद ढकाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बैशाख २० गतेदेखि सुरु प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजमा समान १२–१२ तथा सिनियर गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...