बुढानीलकण्ठ र नेसनल क्वाटरफाइनलमा प्रवेश

छैटौं एनइए कप अन्तर विद्यालय बास्केटबलको जुनियर ब्वाइजमा इबीए विरुद्ध बल अगाडि बढाउदै ग्रिनल्यान्डका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । बुढानीलकण्ठ आश्रम र नेसनल युनाइटेड छैटौं एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुढानीलकण्ठले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २७–२० ले पराजित गर्यो । बुढानीलकण्ठका मनिल राउतले ८ अंक योगदान गरे । नेसनलले नाम्सलाई २३–१६ ले हरायो । विजेताका सुशील कुँवरले १२ स्कोर गरे ।

सिनियर गल्र्समा स्किब्सले इबीएलाई १३–११ तथा टीआईएले भद्रकालीलाई १४–१२ ले पन्छाए । स्किब्सकी देबुना केसीले ६ तथा टीआईएकी श्रेया गुरुङले ६ अंक जोडे ।

जुनियर ब्वाइजमा महामञ्जुश्रीले आयोजक नवजीवन एजुकेसनल एकेडेमी (एनइए) लाई २५–११ तथा इबीएले ग्रिनल्यान्डलाई १३–१२ ले निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे । महामञ्जुश्रीका सुरेश राईले ८ तथा इबीएका सुनील मल्लले ९ स्कोर गरे ।

जुनियर ब्वाइजमै लालीगुराँसले बुढानीलकण्ठलाई १७–९ ले पराजित गर्यो । जितसंगै लालीगुराँस क्वाटरफाइनलमा प्रवेश ग¥यो । लालीगुराँसका अभिषेक पाण्डेले ७ अंक जोडे ।


प्रतिक्रिया दिनुहोस

Loading...