भद्रकाली र टीआईएलाई सफलता

एनइए कप अन्तरविद्यालय बास्केटबलको सिनियर गल्र्समा इडेन ब्रिज विरुद्ध बल अगाडि बढाउदै टीआईएकी खेलाडी ।

काठमाडौं (खेलदैनिक) । भद्रकाली र टीआईएले छैटौं एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार जित हात पारेका छन् ।

भद्रकालीले स्किब्सलाई २४–१४ ले पराजित गर्यो । भद्रकालीको जितमा सिमरन महर्जनले १४ अंक योगदान गरिन् । टीआईएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १७–११ ले हरायो । टीआईएकी रेजिना ठकुरीले ५ अंक स्कोर गरिन् । सिनियर गल्र्समै प्रियंका खड्काको १० अंक सहयोगमा ग्रिनल्यान्डले बुढानीलकण्ठ आश्रमलाई २४–१२ ले पन्छायो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ३४–३२ तथा टीआईएले नाम्सलाई ३७–१७ ले निराश पारे । भ्याली पब्लिकका राहुल विकले ९ अंक जोडे ।

जुनियर ब्वाइजमा अनिल राईको ९ अंक सहयोगमा गोल्डेनपिकले भ्याली पब्लिकमाथि २१–१७ को जित रच्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...