भ्याली पब्लिक र ग्रिनल्यान्डको जित

काठमाडौं (खेलदैनिक) । भ्याली पब्लिक र ग्रिनल्यान्डले छैटौं एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार जित हात परोका छन् ।

एनइए कप अन्तरविद्यालय बास्केटबलको सिनियर गल्र्समा स्किब्सकी देबुना केसी टीआईए विरुद्ध बल अगाडि बढाउदै ।

भ्याली पब्लिकले बुढानीलकण्ठ आश्रमलाई १६–११ ले पराजित ग¥यो । भ्याली पब्लिककी सुमिना तामाङले ६ अंक जोडिन् । प्रमिला जागरीको १४ अंक सहयोगमा ग्रिनल्यान्डले आयोजक नवजीवन एजुकेसनल एकेडेमी (एनइए) लाई ४२–२२ ले हरायो । सिनियर गल्र्समै टीआईएले स्किब्सलाई १७–९ ले निराश तुल्यायो ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई ३२–३०, भ्याली पब्लिकले एनइएलाई ३८–२८ तथा टीआईएले नेसनल युनाइटेडलाई ४०–२२ ले निराश पारे । ग्रिनल्यान्डका राजिव श्रेष्ठले १४ तथा भ्याली पब्लिकका प्रेम तामाङले १५ स्कोर गरे ।

जुनियर ब्वाइजमा महामञ्जुश्रीले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई ३८–१९, ग्रिनल्यान्डले बुढानीलकण्ठ आश्रमलाई २७–१७ तथा इडेन ब्रिजले भ्याली पब्लिकलाई २१–१७ ले पाखा लगाए ।


प्रतिक्रिया दिनुहोस

Loading...