बुद्धानीलकण्ठ आश्रमको विजयी सुरुआत

एनइए कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा नवजीवनका खेलाडी लक्ष्मीपुर विरुद्ध बल अगाडि बढाउदै ।

काठमाडौं (खेलदैनिक) । बुढानीलकण्ठ आश्रमले छैटौं एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । बुढानीलकण्ठले सिनियर ब्वाइज र सिनियर गल्र्समा जित हात पार्यो ।

सिनियर ब्वाइजमा बुढानीलकण्ठले एन्जल्स हर्टलाई २५–२१ ले पराजित गर्यो । बुढानीलकण्ठको जितमा मन राउतले १७ अंक योगदान गरे । सिनियर गल्र्समा बुढानीलकण्ठले आयोजक नवजीवन एजुकेसनल एकेडेमी (एनइए) लाई १६–१४ ले हरायो । विजेताकी श्रृष्टि मगरले ७ अंक जोडिन् ।

भद्रकालीले पनि दोहोरो जित आत्मासात ग¥यो । सिनियर ब्वाइजमा महर्षीलाई ३५–१३ ले पन्छाएको भद्रकालीले सिनियर गल्र्समा इडेन ब्रिज एकेडेमी (ईबीए) लाई १६–७ ले पाखा लगायो । भद्रकालीका लागि सिनियर ब्वाइजमा सुजन महर्जनले २२ तथा सिनियर गल्र्समा सिमरन श्रेष्ठले ६ स्कोर गरे ।

एनइए कप अन्तरविद्यालय बास्केटबलको उद्घाटन गर्ने क्रममा नवजीवनका प्रबन्ध निर्देशक बासुदेव पोखरेल (बायाँ) निर्णायकलाई बल हस्तान्तरण गर्दै ।

जुनियर ब्वाइजमा लक्ष्मीपुरले आयोजक नवजीवनलाई १७–९ ले पराजित ग¥यो । लक्ष्मीपुरका सुरेश श्रेष्ठले ६ अंक जोडे । प्रतियोगिताको नवजीवनका प्रबन्ध निर्देशक बासुदेव पोखरेल र प्रिन्सिपल विष्णुप्रसाद ढकालले एक कार्यक्रमबीच उद्घाटन गरे । आठदिने प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजमा समान १२–१२ तथा सिनियर गल्र्समा ८ गरी ३२ टिम सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...