बुढानीलकण्ठ अन्तिम चारमा प्रवेश

प्रथम मनमोहन स्मृति खुला बास्केटबलको पुरुषमा बुढानीलकण्ठका विराज राना बलर्ज विरुद्ध बल अगाडि बढाउदै ।

काठमाडौं (खेलदैनिक) । बुढानीलकण्ठ प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

बुढानीलकण्ठले बलर्जलाई ८६–५१ ले पराजित गर्यो । बुढानीलकण्ठका विराज रानाले १८ अंक जोडे । जितसंगै बुढानीलकण्ठ समूह ‘ए’ को उपविजेता बन्यो । यो समूहबाट नेपाल आर्मी ‘ए’ विजेताका रुपमा यसअघिनै सेमिफाइनलमा पुगिसकेको छ । चारै क्वाटरमा अग्रता बनाएको बुढानीलकण्ठले क्रमशः २५–१९, १९–११, १९–१५ र २३–६ अंक जोड्यो ।

नेपाल खेलकुद महासंघ, काठमाडौं ४ द्वारा आयोजित प्रतियोगिताको पुरुषकै अन्य खेलमा आर्मी ‘बी’ र एसडिसी हाउन्ड्सले जित हात पारे ।

आर्मी ‘बी’ ले साउथ साइडर्सलाई ८८–६९ ले हरायो । विजेताका सिद्धार्थ महर्जनले २७ स्कोर गरे । आर्मी ‘बी’ पनि सबै क्वाटर अगाडि रह्यो । आर्मी ‘बी’ ले पहिलोमा १५–९, २६–२१, २३–२१ र २४–१८ स्कोर गरे ।

हाउन्ड्सले जेभियर इन्टरनेसनलमाथि ११२–१०८ ले पन्छायो । निर्धारित समयको खेल १००–१०० बराबरीमा सकिएपछि खेल अत्तिरिक्त समयतर्फ लम्केको थियो । अत्तिरिक्त समयमा हाउन्ड्सले जेभियरलाई १२–८ ले पछि पार्दै जित सुनिश्चित गर्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...