आर्मी र जेभियरको दोश्रो जित

प्रथम मनमोहन स्मृति खुला बास्केटबलको पुरुषमा आर्मी ‘बी’ का कृष्णकुमार श्रेष्ठ जेभियर विरुद्ध स्कोर गर्ने प्रयासमा ।

काठमाडौं (खेलदैनिक) । नेपाल आर्मी ‘ए’ र जेभियरले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सोमबार लगातार दोश्रो जित हात पारेका छन् ।

आर्मी ‘ए’ ले बलर्जलाई ७४–५१ ले परजित ग¥यो । आर्मी ‘ए’ का सदीश प्रधानले २४ अंक जोडे । पहिलो क्वाटरमा २६–१४ को अग्रता लिएको आर्मी ‘ए’ दोश्रोमा १६–१८ ले पछि प¥यो । तेश्रो र चौथो क्वाटरमा अगाडि रहेको आर्मी ‘ए’ ले क्रमशः १६–६ र १६–१३ अंक जोड्यो ।

प्रतिस्पर्धात्मक खेलमा जेभियरले आर्मी ‘बी’ लाई ७४–७२ को साँघुरो अन्तरले हरायो । जेभियरका निकेश मगरले २३ स्कोर गरे ।

सुरुको क्वाटरमा १५–२२ ले पछि परेको जेभियरले दोश्रो र तेश्रो क्वाटरमा अग्रता बनाउदै जित सुनिश्चित ग¥यो । जेभियरले दोश्रोमा २२–१७ र तेश्रोमा २३–१३ स्कोर ग¥यो । चौथो क्वाटर आर्मी ‘बी’ ले २०–१४ ले आफ्नो पक्षमा पारेपनि जित हात पार्न सकेन ।

पुरुषमै बुढानीलकण्ठले युनिभर्सललाई ७९–६२ ले पन्छ्याउदै विजयी सुरुआत ग¥यो । बुढानीलकण्ठका लागि विराज रानाले १७ अंक बटुले । बुढानीलकण्ठले पहिलोमा १५–८, दोश्रोमा २२–१४, तेश्रोमा १२–१८ र चौथोमा ३०–२० को प्रदर्शन गर्यो ।

महिलामा समृद्ध गोरिल्लाजले आयोजक नेकोसमाथि ४८–५ को आरामदायी जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । समृद्धकी मुना महर्जनले १५ अंक जोडिन् । ३ टोली रहेको समूह ‘बी’ मा लगातार दोश्रो पराजयसंगै नेकोस प्रतियोगिताबाट बाहिरिएको छ । नेकोस अघिल्लो दिन साइपाल एकेडेमीसंग पराजित भएको थियो । नेकोसको बहिगर्मनसंगै साइपाल पनि सेमिफाइनलमा पुग्न सफल भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...