ग्रामर र न्यु भिजनलाई फिजम कपको उपाधि

दोश्रो फिजम कप अन्तरविद्यालय बास्केटबल उपाधि विजेता ग्रामर र न्यु भिजन टोली ।

काठमाडौं (खेलदैनिक) । ग्रामर पब्लिक स्कुल र न्यु भिजन एकेडेमीले दोश्रो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । ग्रामर ब्वाइजमा पहिलो भयो भने डिफेन्डिङ च्याम्पियन न्यु भिजनले गल्र्समा उपाधि रक्षा गर्यो ।

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रामरले स्वर्णिम तारालाई ३५–२९ ले पराजित गर्यो । ग्रामरका सौगात राईले १६ अंक जोडे । जेनिअमले तेश्रो स्थानमा चित्त बुझायो ।

कोटेश्वरस्थित घरेलु कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा न्यु भिजनले ग्रामरलाई २६–१४ ले हरायो । न्यु भिजनकी कुसुम श्रेष्ठले १३ स्कोर गरिन् । हिमालय तेश्रो भयो ।

ब्वाइजमा ग्रामरका आर्यन मल्ल तथा गल्र्समा न्यु भिजनकी कुसुम श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा न्यु भिजन र गल्र्समा जेनिअमले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, फिजमका अध्यक्ष एवं केन्द्रीय प्याब्सनका सचिव आरबी कट्वाल, उपाध्यक्ष अमृत खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन २ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...