नवज्योतिलाई केब्स बास्केटबल उपाधि

काठमाडौं (खेलदैनिक) । नवज्योति स्कुल कोटेश्वोरले सोमबार केब्स कप अन्तर स्कुल ३८३ बास्केटबल छात्र तर्फको उपाधि उचालेको छ । कुमारी एकेडेमीको प्रांगणमा भएको फाईनल खेलमा नवज्योतिले आयोजक कुमारीलाई १४–१२ पराजित गर्दै उपाधि चुम्यो ।

नवज्योतिका खेलाडी अभिशेक सिङ उत्कृस्ट खेलाडी घोषित भए । नवज्योतिले सेमिफाईनलमा ग्रिणतारालाई १४–९ ले हराएको थियो ।

त्यस्तै, छात्रा तर्फको उपाधि भने युनिभर्सल स्कुलले जित्न सफल भयो । युनिभर्सलले बाबा बोर्डिङ्गलाई ९–८ को झीनो अन्तरले हराउदै उपाधि जीत्यो । छात्रा तर्फ संगीता फुयाल उत्कृस्ट खेलाडी घोषित भईन् ।

त्यसैगरी, जुनियर ब्याइजको उपाधि भने बाबा बोर्डिङ्ग स्कुलले जित्यो । जान्लिङ्ग शेर्पाको उत्कृस्ट प्रदर्शनमा बाबा बोर्डिङ्गले नवज्योति माथि १०–८ को जीत निकाल्दै विजयी भयो । बाबा बोर्डिङ्गका जान्लिङ्ग शेर्पाको उत्कृस्ट खेलाडी चुनिए । प्रतियोगितामा कुल ३१ टोली सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...