डिफेन्डिङ च्याम्पियन निम्स सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । दोहोरो जित हात पार्दै आयोजक नितेन मेमोरियल स्कुल (निम्स) सातौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ को लिग खेलमा डिफेन्डिङ च्याम्पियन निम्सले लभ्ली एन्जललाई ४०–३२ तथा मोनास्टिकलाई ४९–४५ ले पराजित गर्दै समूह विजेता बन्यो । निम्सका लागि लभ्ली एन्जल विरुद्ध सतिश लामा र मोनास्टिक विरुद्ध भीम तामाङले समान १०–१० अंक जोडे ।

ब्वाइजकै अर्को लिगमा रेडिअन्तले द चाँदबाग स्कुललाई ३६–३० ले हराउदै लगातार दोश्रो जित हात पार्यो । रेडिअन्तका सुजन थपलियाले १० अंक जोडे ।

गल्र्समा सिद्धार्थ बनस्थलीले मोनास्टिकलाई २५–२०, श्रीदिवाले एपेक्स लाइफलाई २५–२०, डिफेन्डिङ च्याम्पियन निम्सले लभ्ली एन्जललाई २८–२५ र चाँदबागले स्किब्सलाई ३०–२६ ले पन्छाए । सिद्धार्थ बनस्थलीकी स्वस्तिका थापा, श्रीदिवाकी छेवाङ शेर्पा र निम्सकी सरस्वती बुढाथोकीले समान १०–१० अंक योगदान गरे भने चाँदबागकी अदिति गुरुङले ९ स्कोर गरिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...