आयोजक दि एक्सेलसियर क्वाटर फाईनलामा

बास्केटबलतर्फ जुनियर छात्रको खेलमा दि एक्सेलसियरका सचिन्द्र भट्राई इलाइट को–एट बिरुद्ध बल अगाडी बढाउदै ।

काठमाडौ (खेलदैनिक) । छैठौं दि एक्सेलसियर कप अन्तर बिद्यालय खेलकुद प्रतियोगिता अन्तरगत जुनियर छात्र बास्केटबल तथा सिनियर छात्र फाइभ ए साइट फुटबलमा आयोजक दि एक्सेलसियर क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

आईतवार भएकोे जुनियर छात्र बास्केटबलको खेलमा आयोजक दि एक्सेलसियरले इलाइट को–एटलाई २८–१४ को स्कोरमा हराउदै अन्तिम आठमा स्थान पक्का गरेको छ । आयोजकको जितमा आयुष तामाङले सर्वाधिक १२ स्कोर गरेका थिए ।

त्यस्तै सिनियर छात्र फाइभ ए साइट फुटबलमा आयोजक दि एक्सेलसियरले न्यु अरुणदयलाई ८–२ गोल अन्तरले हराउदै क्वाटरफाईनलमा स्थान बनायो । आयोजकका लागि धिरज जोशीले ३ गोल गर्दा कर्मा निमा गुरुङ र निमेश गौतमले समान दुई–दुई गोल गरेका थिए ।

सिनियर छात्रको फाइभ ए साइट फुटबलमा ब्राइटफ्युचरले राजश्री गुरुकुललाई ८–२ गोल अन्तरले हराउदै क्वाटर फाईनलमा प्रवेश गरेको छ । त्यस्तै सिनियर छात्रको फाइभ ए साइट फुटबलमा स्किब्सले अराकललाई ३–१ गोलले हरायो । काब्यले स्वर्णिमलाई ७–१ गोल अन्तरले रोक्यो । त्यस्तै ओम ज्ञानमन्दिरले राजन मेमोरियललाई ३–० गोलले स्तब्ध बनायो ।


प्रतिक्रिया दिनुहोस

Loading...