बास्केटबलमा जेभियरलाई दोहोरो उपाधि

काठमाडौं (खेलदैनिक) । एलए अन्तरकलेज खेलकुदअन्तर्गत बास्केटबलको ब्वाइज र गल्स दुवैमा जेभियर इन्टरनेसनल कलेज पहिलो भएको छ । 

ब्वाइज फाइनलमा जेभियरले एलए ‘ए’ लाई ५५–४४ ले पराजित गर्यो । ४ टिम सहभागी गल्र्सको राउन्ड रोविन लिगमा जेभियरले तीनै खेल जित्दै उपाधि हात पार्न सफल भयो । दुई खेल जितेको ट्रिनिटी दोश्रो भयो ।

विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रविन्द्र जोशी, बास्केटबल प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मी, एलए ग्रुपका अध्यक्ष पीबी लिम्बू, संस्थापक निर्देशक विद्या लिम्बू, कोर्पोरेट निर्देशक श्रृष्टि लिम्बू शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...