
दोश्रो रोज बड अन्तरकलेज बास्केटबलको ब्वाइजमा क्याम्पियन विरुद्ध बल अगाडि बढाउदै रोज बड (रातो) का खेलाडी ।
काठमाडौं (खेलदैनिक) । आयोजक रोज बड दोश्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुद्धनगरस्थित घरेलु कोर्टमा रोज बडले क्याम्पियनलाई ५६–४२ ले पराजित ग¥यो । रोज बडका जोसेफ महर्जनले २७ अंक जोडे ।
ब्वाइजको अन्य खेलमा न्यु समिटले नेपाल मेगालाई ५९–३४ तथा ट्रिनिटीले न्यु जेनिथलाई ५७–४९ ले हराए । न्यु समिटका विशाल मानन्धरले २० तथा ट्रिनिटीका बुद्ध मगरले १९ स्कोर गरे ।
गल्र्समा जेभियर इन्टरनेसनलले नेपाल मेगामाथि ६१–११ को सहज जित दर्ता ग¥यो । जेभियरकी सबनम श्रेष्ठले १६ अंक जोडिन् ।