रोज बड बास्केटबलमा एसलाई सफलता

दोश्रो रोज बड अन्तरकलेज बास्केटबलको गल्समा एस (कालो) र नेपाल मेगा कलेजका खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । एसले दोश्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्समा शनिबार जित हात पारेको छ । एसले नेपाल मेगा कलेजलाई १९–८ ले पराजित गर्यो । एसकी आश्रा श्रेष्ठले ७ अंक जोडिन् ।

बुद्धनगरस्थित आयोजक रोज बड स्कुलको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा नोबेल एकेडेमी, ज्ञान निकेतन, टाइम्स, बर्न हार्ट र न्यु जेनिथले सफलता पाए ।

नोबेलले न्यु मेगालाई ४८–२२ ले हरायो । नोबेलका मिलन लिम्बूले २१ अंक जोडे । ज्ञान निकेतनले एसलाई ३९–३६ ले पन्छायो । ज्ञान निकेतनका युविक खत्रीले १५ अंक बटुले ।

टाइमले न्यु समिटमाथि ४३–२६ को जित रच्यो । टाइम्सका छिमिङ शेर्पाले १२ अंक बनाए । अनुप बरुवालको १३ अंक सहयोगमा बर्न हार्टले साइपाल एकेडेमीको चुनौती ४७–४१ ले पन्छायो । न्यु जेनिथले क्याम्पियनलाई ४१–२५ ले पराजित गर्यो । न्यु जेनिथका अनिश केसीले २० स्कोर गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...