ज्ञान निकेतनको दुवै टोली सेमिफाइनलमा

दोश्रो माफ अन्तरविद्यालय बास्केटबलको सिनियर ब्वाइजमा ज्ञान निकेतन (सेतो) र जगत मन्दिरका खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । ज्ञान निकेतनको ‘ए’ र ‘बी’ दुवै टोली दोश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ज्ञान निकेतन ‘ए’ ले जगत मन्दिरलाई ५३–२३ ले पराजित गर्यो । विजेताका कुशल गैरे एक्लैले ३२ अंक जोडे । ज्ञान निकेतन ‘बी’ ले न्यु अरुणोदयलाई २३–२१ ले हरायो । विजयी टिमका लागि विमिश नेपालले ६ अंक जोडे ।

सिनियर ब्वाइजमै लाइसियम र कन्स्टिलेसन पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

लाइसियमले विज किड्को चुनौती २६–२३ ले समाप्त पा¥यो । लाइसियमको जितमा संकल्प अधिकारीले ६ अंक योगदान दिए । अशिम खानको ८ अंक सहयोगमा कन्स्टिलेसनले बेबिलनलाई ३०–२४ ले पाखा लगायो ।


प्रतिक्रिया दिनुहोस

Loading...