पोखरामा छात्र–छात्रा बास्केटबल जारी

पोखरा (खेलदैनिक) । पोखरामा अन्तर विद्यालयस्तरिय कर्णेल जे.पी. क्रस छात्रछात्रा बास्केटबल प्रतियोगिता अन्तरगत मंगलबार छात्रतर्फ ११ र छात्रातर्फ १० खेल सम्पन्न भएको छ ।

मंगलबार पोखरा रङ्गशाला बास्केटबल कोर्टमा सम्पन्न छात्रतर्फको खेलमा ग्लोबल कलेजियट, कुमुदिनी होम्स, टप्स ए, न्यू ग्यालेक्सी, सोसियल पब्लिक, माउण्ट अन्नपूर्ण, मनकामना, प्यारामाउण्ट, सरस्वती, कुमुदिनी होम्स र बालकल्याण बिजयी भएका छन् ।

ग्लोबल कलेजियटले हिलपोइन्टमाथि २२–१४, कुमुदिनी होम्सले नेपाल आदर्शमाथि २६–१०, सरस्वती टप्स एले आवासियमाथि ४६–२४, न्यू ग्यालेक्सीले टप्स एमाथि ३०–१४, सोसियल पब्लिकले रेन्बोमाथि ३१–१७ जित हात पारेको छ ।

त्यस्तै माउण्ट अन्नपूर्णले एलएमाथि २३–१२, मनकामना बोर्डिङले लिटिन स्टेपमाथि ४०–२३, प्यारामाउण्टले पोखरा युनाइटेडमाथि २९–१५, सरस्वती आवासियले अल्फामाथि २७–२६, कुमुदिनी होम्सले कामना बोर्डिङमाथि ४३–४१ र बालकल्याणले लिटिल स्टेपमाथि ४७–१४ को जित निकाल्यो ।

बुधबार, पोखरा रङ्गशालाको कोर्टमा छात्रतर्फको ११ खेल हुने आयोजकले जानकारी दिएको छ । बुधबार बालकल्याण बिरुद्ध मनकामना, सरस्वती आवासिय विरुद्ध माउण्ट अन्नपूर्ण, कुमुदिनी होम्स विरुद्ध हिलपोइन्ट, प्यारामाउण्ट विरुद्ध सोसियल पब्लिक, रेम्बो विरुद्ध पोखरा युनाइटेड भिड्ने छन् ।

त्यसैगरी न्यू ग्यालेक्सी विरुद्ध मनकामना, कामना विरुद्ध ग्लोबल कलेजियट, टप्स बी विरुद्ध बालकल्याण, टप्स ए विरुद्ध माउण्ट अन्नपूर्ण, एलए विरुद्ध अल्फा र नेपाल आदर्श विरुद्ध हिलपोइन्टले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...