ग्रामर र बाबालाई कान्जिरोवा कपको उपाधि

कान्जिरोवा बास्केटबलका उपाधि विजेता ग्रामर र बाबाका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । ग्रामर र बाबाले प्रथम कान्जिरोवा कप थ्री अन थ्री अन्तरविद्यलय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रामर ब्वाइज तथा बाबा गल्र्समा च्याम्पियन बने ।

कोटेश्वरस्थित आयोजक कान्जिरोवा नेसनल स्कुलद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रामरले नालान्डालाई १७–१३ ले पराजित गर्यो । ग्रामरका रमन नापितले ९,सौगात राईले ५ तथा हेमराज सोनीले ३ अंक जोडे ।

कान्जिरोवा बास्केटबलको ब्वाइजतर्फ उत्कृष्ट खेलाडी सौगात राईलाई ट्रफी प्रदान गर्दै पूर्व राष्ट्रिय बास्केटबल खेलाडी रविन्द्र महर्जन ।

गल्र्सको उपाधि भिडन्तमा बाबाले न्यु भिजनलाई ७–६ को झीनो अन्तरले हरायो । बाबाका सोनाम डिकी लामाले ५ तथा सोनी शेर्पाले २ स्कोर गरे ।

ब्वाइजमा ग्रामरका सौगात राई तथा गल्र्समा बाबाकी सोनाम डिकी लामा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । विजेतालाई पूर्व राष्ट्रिय बास्केटबल खेलाडी रविन्द्र महर्जन, कान्जिरोवाका चेयरम्यान कपिलदेव रेग्मी र कान्जिरोवाका प्रिन्सिपल रन्जित थापाले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको ब्वाइजमा १७ तथा गल्र्समा १४ टिम सहभागी थिए ।

कान्जिरोवा बास्केटबलका उपाधि विजेता ग्रामर र बाबाका खेलाडी अतिथीहरुका साथ सामूहिक तस्विरमा ।

 


प्रतिक्रिया दिनुहोस

Loading...