ज्ञान कार्निभलमा इनोभेटिभ, रिलायन्स र मल्पी च्याम्पियन

ज्ञान कार्निभलअन्तर्गत बास्केटबल र फुटबलका उपाधि विजेता सामूहिक तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । इनोभेटिभ र रिलायन्स रेसिडेन्सियलले २४ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । इनोभेटिभ ब्वाइज तथा रिलायन्स गल्र्समा च्याम्पियन बने । ब्वाइज फुटबलमा मल्पीले पहिलो स्थान हात पार्यो ।

खोकनास्थित आयोजक ज्ञानोदयको कोर्टमा भएको ब्वाइज बास्केटबल फाइनलमा इनोभेटिभले ज्ञान निकेतनलाई ७७–६८ ले पराजित ग¥यो । इनोभेटिभको जितमा आयुश लामाले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ४० अंक योगदान गरे ।

पहिलो क्वाटरमा २०–१० को अग्रता लिएको इनोभेटिभ दोश्रोमा १९–२५ ले पछि प¥यो । इनोभेटिभले तेश्रो क्वाटरमा २०–१४ को अग्रता बनायो भने चौथोमा १८–१९ ले पछि रह्यो ।

गल्र्सको उपाधि भिडन्तमा रिलायन्सले इनोभेटिभलाई ३२–३० को झीनो अन्तरले हरायो । रिलायन्सकी रिना भण्डारीले ११ अंक जोडिन् ।

ज्ञान कार्निभलअन्तर्गत बास्केटबल र फुटबलका उत्कृष्ट खेलाडी ।

तेश्रो क्वाटरको समाप्तिसम्म इनोभेटिभ २१–१५ ले अगाडि थियो । त्यो अवस्थालाई उल्टाएर उपाधि सुनिश्चित गर्न रिलायन्सले चौथो तथा अन्तिम क्वाटर १७–९ ले आफ्नो पक्षमा पार्याे ।

ब्वाइज फुटबलको फाइनलमा मल्पीले आयोजक समेत रहेको डिफेन्डिङ च्याम्पियन ज्ञानोदयलाई १–० ले पाखा लगायो । मल्पीका रिन्जिन लामाले निर्णायक गोल गरे ।

बास्केटबलको ब्वाइजमा इनोभेटिभका आयुश लामा तथा गल्र्समा रिलायन्सकी कविता श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । फुटबलमा ज्ञानोदयका पाल्साङ वाङदी लामा उत्कृष्ट चुनिए ।

विजेतालाई ज्ञानोदय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धवीर लामा, संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, सिनियर प्रिन्सिपल भानु ए र इनोभेटिभका निर्देशक अनन्त कुँवरले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको बास्केटबलतर्फ ब्वाइजमा १२ र गल्र्समा ८ तथा फुटबलमा १२ टिम सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...