हिम्स र ज्ञान निकेतन सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । हिम्स र ज्ञान निकेतन २४ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज बास्केटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

हिम्सले लिटिल एन्जल्स (एलए) लाई ५०–३५ ले पराजित ग¥यो । हिम्सका साम्तेनले १५ अंक जोडे । ज्ञान निकेतनले आयोजक ज्ञानोदयलाई ७३–६८ ले हरायो । विजेताका मनीष तामाङले ३४ अंक बटुले ।

ब्वाइज बास्केटबलमै डेनेबले पुष्पसदनलाई ५६–४९ तथा इनोभेटिभले भानुभक्तलाई ६९–३२ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । डेनेबका सुदर्शन कठायतले २२ तथा इनोभेटिभका आयुश लामा र निखिल व्यञ्जन्कारले समान १७–१७ स्कोर गरे । गल्र्स बास्केटबलको सेमिफाइनल ज्ञानोदय र रिलायन्स तथा इनोभेटिभ र मल्पीबीच हुनेछ ।

फुटबल : सुदेशा सेमिफाइनलमा

कानिर्भलअन्तर्गत ब्वाइज फुटबलमा सुदेशा सेमिफाइनलमा प्रवेश ग¥यो । सुदेशाले पुष्पसदनलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्यो । सुदेशाका इशान क्षेत्री र सिद्धार्थले १–१ गोल गरे । पुष्पसदनका भानु तामाङले सान्त्वना गोल फर्काए ।

उक्त खेलसंगै ब्वाइज फुटबलको सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा सुदेशाको भेट डिफेन्डिङ च्याम्पियन ज्ञानोदयसंग हुनेछ भने मल्पीले काभ्याको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...