मल्पी र इनोभेटिभ सेमिफाइनलमा

ज्ञान कार्निभलअन्तर्गत गल्र्स बास्केटबलमा ज्ञानोदय (रातो) र सुदेशाका खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । मल्पी र इनोभेटिभ २४ औं ज्ञान कार्निभलअन्तर्गत गल्र्स बास्केटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मल्पीले लिटिल एन्जल्स (एलए) लाई २४–१२ ले पराजित ग¥यो । मल्पीको जितमा रिचा पराजुलीले १४ अंक योगदान गरिन् । समन्ता थापाको १२ अंक सहयोगमा इनोभेटिभले रिलायन्सलाई ३८–३० ले हराउदै समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल पुग्यो । पराजय बावजुद रिलायन्स पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।

गल्र्समै आयोजक ज्ञानोदयले पनि सेमिफाइनल यात्रा तय गरेको छ । ज्ञानोदयले सुदेशामाथि ३०–५ को सहज जित दर्ता ग¥यो । ज्ञानोदयकी रोनिका मल्लले १२ स्कोर गरिन् ।

ब्वाइज बास्केटबलमा हिम्स र भानुभक्त क्वाटरफाइनलमा पुगे । हिम्सले ज्ञान निकेतनलाई ५८–३८ ले पाखा लगायो भने भानुभक्तले काभ्याको चुनौती १९–१५ ले समाप्त पा¥यो । हिम्सका जिग्मा नाम्जलले १६ तथा भानुभक्तका अमिर लामाले १३ अंक जोडे ।

फुटबल : ज्ञनोदय सेमिफाइनलमा

कानिर्भलअन्तर्गत ब्वाइज फुटबलमा आयोजक ज्ञानोदय सेमिफाइनलमा प्रवेश ग¥यो । ज्ञानोदयले इनोभेटिभमाथि ६–० को आरामदायी जित निकाल्यो ।

जितमा सपन महर्जन, पाल्साङ वाङदी तामाङ, सिजेन व्यञ्जन्कर, आयुश खपाङ्गी र साहिल भट्टचनले १–१ गोल योगदान गरे । त्यस्तै काभ्या र मल्पी पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । काभ्याले ज्ञान निकेतनलाई ५–० ले पन्छायो ।

विजेताका सञ्जय खत्रीले २ तथा युजन भण्डारी, अनुकरण तामाङ र हेमान्सु तामाङले १–१ गोल गरे । मल्पीले श्रीकुलको यात्रा ५–० ले पूर्णविराम लगायो ।


प्रतिक्रिया दिनुहोस

Loading...