ज्ञानोदय र काभ्या क्वाटरफाइनलमा

ज्ञान कार्निभलअन्तर्गत ब्वाइज बास्केटबलमा पुष्पसदन (हरियो) र मल्पीबीचको खेलको झलक ।

काठमाडौं (खेलदैनिक) । आयोजक ज्ञानोदय र काभ्या २४ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

डिफेन्डिङ च्याम्पियन ज्ञानोदयले मल्पीलाई २–० गोलअन्तरले पराजित ग¥यो । ज्ञानोदयका पाल्साङ वाङदी तामाङ र सिजेन व्यञ्जन्कारले गोल गरे । काभ्याले सुदेशालाई ३–१ गोलले हरायो ।

सुदेशाका सञ्जय खत्रीले २ गोल गरे भने एक गोल आत्माघाती थियो । सुदेशाका इशान खत्रीले सान्त्वना गोल गरे । हारका बावजुद मल्पी र सुदेशा पनि आ–आफ्नो समूहको उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भए ।

उक्त खेलसंगै फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल काभ्या र ज्ञान निकेतन, ज्ञानोदय र इनोभेटिभ, पुष्पसदन र सुदशा तथा श्रीकुल र मल्पीबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...