ज्ञानोदय र इनोभेटिभको जित

ज्ञान कार्निभलअन्तर्गत गल्र्स बास्केटबलमा प्रतिस्पर्धा गर्दै ज्ञानोदय (रातो) र एलएका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । आयोजक ज्ञानोदय र इनोभेटिभले २४ औं ज्ञान कार्निभलअन्तर्गत गल्र्स बास्केटबलमा शनिबार जित हात पारेका छन् ।

ज्ञानोदयले लिटिल एन्जल्स (एलए) लाई ५६–१५ को फराकिलो अन्तरले पराजित ग¥यो । विजेताकी रोनिका मल्लले १५ अंक जोडिन् ।

रोजिना गिरीको १४ अंक सहयोगमा इनोभेटिभले काभ्यालाई २८–८ ले हरायो । अन्य खेलमा मल्पीले सुदेशालाई ४२–२ तथा रिलायन्सले श्रीदिवालाई ३३–१३ ले पन्छाए । मल्पीकी इशिका ढकालले १२ तथा रिलायन्सकी रिना भण्डारीले १३ स्कोर गरे ।

ब्वाइज बास्केटबलमा इनोभेटिभले मल्पीलाई ७३–५१, डेनेबले भानुभक्तलाई ४८–१९ तथा ज्ञान निकेतनले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ५८–४२ ले निराश पारे । जितमा इनोभेटिभका आयुश लामाले ४२, डेनेबका विप्लोव राणाले १५ र ज्ञान निकेतनका सम्राट भूमिले ३१ अंक योगदान गरे ।

कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा पुष्पसदनले ज्ञान निकेतनलाई ६–०, सुदेशाले शुभतारालाई २–०, मल्पीले एलएलाई २–० तथा श्रीकुलले इनोभेटिभलाई १–० गोलले हराए ।


प्रतिक्रिया दिनुहोस

Loading...