सेब र नेरिक ग्रिनफिल्ड कपको फाइनलमा

ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबलमा ज्ञान निकेतन विरुद्ध बल अगाडि बढाउदै ग्रिनफिल्डका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । सेब र नेरिक छैटौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

सेबले रेडिअन्टलाई ३१–१८ ले पराजित ग¥यो । सेबका बाबुराम पुनले १७ अंक जोडे । नेरिकले बर्नहार्टलाई २८–१७ ले हरायो । नेरिकका निम्ति सुजन बस्नेतले १३ अंक बटुले ।

सिनियर ब्वाइजमा नेरिक र ज्ञान निकेतनले उपाधि भिडन्त पक्का गरेका छन् । सेमिफाइनलमा नेरिकले विल्सन एकेडेमीलाई ६६–५६ ले पाखा लगायो भने ज्ञान निकेतनले आयोजक ग्रिनफिल्डको चुनौती ५४–४८ ले समाप्त पा¥यो । जितमा नेरिकका पवन खत्रीले १९ तथा ज्ञान निकेतनका मनीष तामाङले २१ अंक योगदान गरे ।

सिनियर गल्र्समा कान्तिपुर इङलिस एकेडेमी र जेनिथले फाइनल यात्रा तय गरे । कान्तिपुरले हिमालयन एकेडेमीमाथि २०–१७ को कठिन जित दर्ता ग¥यो । कान्तिपुरको जितमा शिभानी घलेले ९ अंक योगदान गरिन् । गरिमा कुमालको ८ अंक सहयोगमा जेनिथले ज्ञान निकेतनलाई ३०–२३ ले निराश पा¥यो ।


प्रतिक्रिया दिनुहोस

Loading...