न्यु समिट र जेभियरलाई उपाधि

बर्नहार्ट अन्तरकलेज बास्केटबलका उपाधि विजेता न्यु समिट र जेभियरका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । न्यु समिट र जेभियर इन्टरनेसनल कलेजले आठौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । न्यु समिट ब्वाइज तथा जेभियर गल्र्समा च्याम्पियन बने ।

बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा न्यु समिटले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७०–४९ ले पराजित गर्यो । न्यु समिटका विशाल मानन्धरले १८ अंक जोडे ।

गल्र्सको उपाधि भिडन्तमा जेभियरले साइपाल एकेडेमीलाई ३२–२९ ले हरायो । जेभियरकी सुष्मा गौतमले १२ स्कोर गरिन् ।

बर्नहार्ट अन्तरकलेज बास्केटबलका उत्कृष्ट खेलाडी पविन राई र गरिशा सिलवाल ट्रफीसाथ ।

ब्वाइजमा न्यु समिटका पविन राई तथा गल्र्समा जेभियरकी गरिशा सिलवाल ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । विजेतालाई बर्नहार्टका अध्यक्ष भूपेश छत्कुली र प्रिन्सिपल नवराज अधिकारीले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भदौ १० गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २४ र गल्र्समा ५ गरी २९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...