आयोजक ग्रीनल्याण्ड र गोल्डेनपीक क्वाटरफाईनलमा

सिनियर क्वाईजको खेलमा सेब पहेलो पोशाक र आयोजक ग्रीनल्याण्ड बीचको खेल ।–

काठमाडौं (खेलदैनिक) । आयोजक ग्रीनल्याण्ड र गोल्डेनपीक स्कुल १२ औं क्वीक्स ग्रीनल्याण्ड कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

आईतवार भएको सिनियर ब्वाईजको खेलमा ग्रीनल्याण्डले सामाखुसी बोडिङ स्कुल(सेब)लाई ५७–४१ स्कोरको अन्तरले हरायो । ग्रीनल्याण्डलाई जित दिलाउन महत्वपूर्ण भूमिका निभाएका दिलिप पुनमगरले एक्लैले ३१ स्कोर गरे ।

सिनियर ब्वाईजकै अर्को खेलमा गोल्डेनपीकले ज्ञान सिन्धुलाई ४८–३६ ले हरायो । गोल्डेनपीकको जितमा गोपाल भण्डारीले सर्वाधिक २० स्कोर गरेका थिए । दुवै टिमले समूह “घ” बाट समान दुई–दुई खेल जितेर एक खेल अगावै क्वाटर–फाईनलमा स्थान बनाएका छन् ।

मंगलवार यी दुई बीचको लिग चरणको अन्तिम खेलबाट समूह बिजेता र उपबिजेताको छिनोफानो हुनेछ । सिनियर ब्वाईजमै समूह “क” बाट एचएचसीए र समूह “ख” बाट लक्ष्मीपुरले दुई खेलमा सफलता हात पादै एक खेल अगावै क्वाटर–फाईनलमा स्थान बनाएका छन् ।

एचएचसीएले अभियान पब्लिकलाई ४५–३५ ले हराउदा टोखाको लक्ष्मीपुर स्कुलले शंखमूलको इनोभेटिभ स्कुललाई ३१–२४ ले स्तब्ध बनायो ।

धापासीस्थित आयोजक ग्रीनल्याण्ड स्कुलको कोर्टमा भएको जुनियर ब्वाईजको खेलबाट सफलता हात पादै सेब, ग्रीनल्याण्ड, एनइए, लालीगुरास, मञ्जुगोक्ष, माउण्टग्लोरी, इडनब्रिज, मनास्लु र ओडिसी नकाउट चरणमा प्रवेश गरेका छन् ।

जुनियर ब्वाईजको खेलमा बिएनएले पोलिफिकलाई १६–१४ ले हराउदा मञ्जुगोक्षले एचएचसीएलाई ३०–१४ ले स्तब्ध बनायो । ओडिसीले कान्तिपुरलाई १०–६ को स्कोरमा रोक्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...