क्वीक्स ग्रीनल्याण्ड कप बास्केटबल शुरु, आयोजकको दोहोरो जित

रेफ्रिलाई बल हस्तान्तरण गदैै प्रिन्सिपल थकिनकुमार गुरुङ ।

काठमाडौं (खेलदैनिक) । आयोजक ग्रीनल्याण्ड स्कुलले १२ औं क्वीक्स ग्रीनल्यान्ड कप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो सफलता हात पारेको छ ।

धापासीस्थित आयोजकको कोर्टमा भएको सिनियर ब्वाईजको उद्घाटन खेलमा ग्रीनल्याण्डले ज्ञान सिन्धुलाई ४५–३६ को स्कोरमा हराउँदा दिलिप पुनले सर्वाधिक १६ स्कोरको योगदान पुर्याए ।

त्यस्तै जुनियर ब्वाईजतर्फको खेलमा दिवस ढुंगेलको सर्वाधिक ८ स्कोरको सहयोगमा ग्रीनल्याण्डले बागमतीलाई २५–७ को फराकिलो अन्तरले हरायो ।

जुनियर ब्वाईजकै अन्य खेलमा बसुन्धरा नेश्नल एकेडेमी(बिएनए),मनास्लु,लालीगुरास,इडनब्रिज र लक्ष्मीपुरले सफलता हात पारेका छन् । बिएनएले डिआर मेमोरियललाई २२–१४ ले हरायो ।

सिनियर ब्वाईजको उद्घाटन खेलमा कालो पोशाकमा आयोजक ग्रीनल्याण्ड र ज्ञान सिन्धु ।

मानास्लुले कान्तिपुरमाथी २२–२१ को रोमाञ्चक जित निकाल्यो । इडनब्रिजले टिआईएलाई १९–१७ ले हराउदा लक्ष्मीपुरले हिमालयलाई १८–१२ ले स्तब्ध बनायो । प्रतियोगितामा जुनियर छात्रतर्फ २४ र सिनियरतर्फ १६ विद्यालयको सहभागिता रहेको छ ।

भाद्र ३ सम्म संचालन हुने प्रतियोगिताको आयोजक स्कुलका प्रिन्सिपल थकिनकुमार गुरुङले बास्केट गरेर उद्घाटन गरेका थिए । जुनियरतर्फका खेलाडीको औसत उचाई ४ फिट १० इन्चभन्दा बढी हुनु नहुने र कक्षा आठसम्ममा अध्ययन गरिरहेको हुनु पुर्ने नियम रहेको आयोजकले जनाएको छ ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सिनियरतर्फ ८ र जुनियरतर्फ १६ विद्यालय नकआउट चरणका लागि छनोट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...