एचएचसीए र इनोभेटिभलाई उपाधि

श्रीदिवा मन्सुन मिट बास्केटबलको उपाधि विजेता एचएचसीए र इनोभेटिभका खेलाडी सामूहिक तस्विर खिचाउँदै ।

काठमाडौं (खेलदैनिक) । एचएचसीए र इनोभेटिभले ११ औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

ब्वाइजको फाइनलमा डिफेन्डिङ च्याम्पियन एचएचसीएले ज्ञान निकेतनलाई ५१–४२ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । एचएचसीएका विशाल राईले १७ अंक जोडे ।

गल्र्सको फाइनलमा इनोभेटिभले आयोजक श्रीदिवा इन्टरनेसनल स्कुललाई हाडीगाउँस्थित उसैको कोर्टमा ३१–१९ ले हरायो । इनोभेटिभको जितमा प्रिया दर्शीले ११ स्कोर गरिन् ।

श्रीदिवा मन्सुन मिट बास्केटबलका उत्कृष्ट खेलाडी विशाल राई र विनम्र खत्री ।

ब्वाइजमा एचएचसीएका विशाल राई तथा गल्र्समा इनोभेटिभकी विनम्र खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाई आयोजक श्रीदिवाका प्रिन्सिपल प्रवीण मोक्तानले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगताको ब्वाइजमा १५ तथा गल्र्समा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...