श्रीदिवा र इनोभेटिभ फाइनलमा

श्रीदिवा मन्सुन मिट बास्केटबलको गल्र्स प्रतिस्पर्धा गर्दै श्रीदिवा (सेतो÷कालो) र स्किब्सका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । आयोजक श्रीदिवा इन्टरनेसनल स्कुल र इनोभेटिभ ११ औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

फाइनल प्रवेश गर्ने क्रममा श्रीदिवाले स्किब्सलाई ४४–२७ ले पराजित गर्यो । श्रीदिवाकी छेवाङ शेर्पाले २४ अंक जोडिन् । ममता गुरुङको १३ अंक सहयोगमा इनोभेटिभले डाफोडिललाई ३३–१७ ले सहजै हरायो ।

ब्वाइजमा ज्ञान निकेतन र डिफेन्डिङ च्याम्पियन एचएचसीए उपाधिका लागि भिड्ने छन् ।

ज्ञान निकेतनले इनोभेटिभलाई ५०–४१ ले पाखा लगायो । विजेताका भूमि सम्राटले १७ स्कोर गरे । एचएचसीएले ओडिसी इन्टरनेसनल एकेडेमीमाथि ६६–४५ को जित दर्ता गर्यो । एचएचसीएको जितमा विशाल राईले सर्वाधिक २९ अंक जोडे । फाइनल आइतबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...