डिफेन्डिङ च्याम्पियन एचएचसीए र इनोभेटिभ सेमिफाइनलमा

श्रीदिवा मन्सुन मिट बास्केटबलमा प्रतिस्पर्धा गर्दै ज्ञानोदय (रातो) र स्किब्सका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । डिफेन्डिङ च्याम्पियन एचएचसीए र इनोभेटिभ११ औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

श्रीदिवा इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको क्वाटरफाइनलमा इनोभेटिभले हिम्सलाई ३६–२४ ले पराजित ग¥यो । इनोभेटिभको जितमा अनिश महर्जनले ८ अंक योगदान गरे । एचएचसीएले विल्सन एकेडेमीलाई ७३–५० को फराकिलो अन्तरले हरायो । एचएचसीएका राजकुमार राईले १७ अंक जोडे ।

सेमिफाइनलमा इनोभेटिभको भेट ज्ञान निकेतनसंग हुनेछ भने एचएचसीएले ओडिसी इन्टरनेसनल एकेडेमी विरुद्ध खेल्नेछ ।

गल्र्समा पनि इनोभेटिभ सेमिफाइनलमा पुग्न सफल भयो । इनोभेटिभले सेन्ट जेभियर्सको चुनौती २२–२० को झीनो अन्तरले समाप्त पा¥यो । इनोभेटिभका लागि ममता गुरुङले ८ स्कोर गरिन् ।

गल्र्सकै अर्को क्वाटरफाइनलमा स्किब्सले ज्ञानोदयमाथि ४०–३४ को जित निकाल्यो । स्किब्सकी देबुना केसीले सर्वाधिक १० अंक जोडिन् । सेमिफाइनल स्किब्स र आयोजक श्रीदिवा तथा इनोभेटिभ र डाफोडिलबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...