आयोजक श्रीदिवा सेमिफाइनलमा

श्रीदिवा मन्सुन मिट बास्केटबलमा प्रतिस्पर्धा गर्दै श्रीदिवा (सेतो जर्सी) र युनिभर्सलका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । आयोजक श्रीदिवा इन्टरनेसनल स्कुल ११ औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फसेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार हाडीगाउँस्थित घरेलु कोर्टमा श्रीदिवाले युनिभर्सललाई ३७–३४ ले पराजित ग¥यो । श्रीदिवाको जितमा छेवाङ शेर्पाले १६ अंक योगदान गरिन् ।

गल्र्सको अर्को क्वाटरफाइनलमा डाफोडिलले हिमालीलाई १४–४ ले हराउदै सेमिफाइनलमा स्थान पक्का ग¥यो । डाफोडिलकी सिम्मी तामाङले ६ स्कोर गरिन् ।

ब्वाइजमा ज्ञान निकेतन र ओडिसी इन्टरनेसनल एकेडेमी सेमिफाइनलमा पुगे । मनीष तामाङको २५ अंक सहयोगमा ज्ञान निकेतनले बुद्ध एकेडेमीलाई ६३–४७ ले पाखा लगायो ।

ओडिसीले नेपाल सेन्ट्रलको यात्रा ५१–३९ ले पूर्णविराम लगायो । ओडिसीका अमन श्रेष्ठले १३ अंक जोडे । ब्वाइज र गल्र्सको बाँकी क्वाटरफाइनल शुक्रबार हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...