स्किब्स र डाफोडिल क्वाटरफाइनलमा

डाफोडिल (रातो जर्सी) र काठमाडौं विद्याकुञ्जका खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । स्किब्स र डाफोडिल ११ औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्किब्सले सेन्ट जेभियर्सलाई ४६–१९ को फराकिलो अन्तरले पराजित गर्यो । स्किब्सको जितमा देबुना केसीले २५ अंक योगदान गरिन् । डाफोडिलले काठमाडौं विद्याकुञ्जलाई ३१–१७ ले हरायो । डाफोडिलकी छिमी तामाङले ११ अंक जाडिन् ।

ब्वाइजमा डिफेन्डिङ च्याम्पियन हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए), स्किब्स, काठमाडौं जेभियर र नेपाल सेन्ट्रलले जित हात पारे ।

एचएचसीएले ज्ञान निकेतनलाई ६३–५० ले पन्छायो । विजेताका विशाल राईले १६ स्कोर गरे । स्किब्सले आयोजक श्रीदिवालाई ४१–२१ ले पाखा लगायो । स्किब्सका अभिषेक धमलाले १२ अंक बटुले । सन्जिव मगरको ८ अंक सहयोगमा काठमाडौं जेभियरले युनिभर्सललाई १७–१४ ले निराश पार्यो ।

नेपाल सेन्ट्रलले डाफोडिलमाथि ३९–३३ को जित निकाल्यो । नेपाल सेन्ट्रलका लागि दीपेश कार्कीले १६ स्कोर गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...