श्रीदिवा क्वाटरफाइनलमा

आयोजक श्रीदिवा इन्टरनेसनल स्कुल ११ औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

दुई टिम रहेको समूह ‘ए’ को लिग खेलमा श्रीदिवाले हिमालीलाई १५–८ ले पराजित गर्दै समूह विजेतका रुपमा क्वाटरफाइनलमा स्थान पक्का गर्‍यो । श्रीदिवाको जितमा मनीषा तामाङले ८ अंक योगदान गरिन् । पराजयका बावजुद हिमाली पनि उपविजेता बन्दै क्वाटरफाइनल पुग्न सफल भयो ।

गल्र्सको अन्य लिग खेलमा ज्ञानोदयले विल्सन एकेडेमीलाई १४–६ तथा युनिभर्सलले काठमाडौं विद्याकुञ्जलाई २८–१५ ले हराए । ज्ञानोदयकी रोनिका मल्लले ६ तथा युनिभर्सलकी संगीता फुयालले १३ अंक जोडे ।

ब्वाइजमा बुद्ध एकेडेमीले विल्सनलाई ४१–३०, हिम्सले ज्ञानोदयलाई ४९–३८ तथा इनोभेटिभले नेपाल सेन्ट्रललाई ५९–३८ ले पन्छाए । बुद्धका गोकुल मोक्तानले १४, हिम्सका निपोन तामाङले १३ तथा इनोभेटिभका सुजन सहनीले १८ स्कोर गरे ।

प्रतियोगिताको श्रीदिवाका प्रिन्सिपल प्रवीण मोक्तानले एक कार्यक्रमबीच उद्घाटन गरे । ब्वाइजमा १५ तथा गल्र्समा ११ टिम सहभागी छन् । फाइनल शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...